पोखरा विश्वबिद्यालयमा विवाद, मापदण्ड विपरीत क्याम्पस सञ्चालन गरेको आरोप

आजको खबर   |    प्रकाशित : २०७५ साउन २३ गते १३:५६

काठमाडौं । नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिले पोखरा विश्वविद्यालय अन्तर्गत संचालनमा रहेका अधिकांश क्याम्पसहरु विश्वविद्यालय र सम्बन्धित काउन्सिलले तोकेको मापदण्ड पुरा नगरि सञ्चालनमा रहेको आरोप लगाएको छ।

विश्वविद्यालय सुधार अभियान’ विषयमा बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे समितिका पदाधिकारीहरुले यस्तो आरोप लगाएका हुन्।

शिक्षाजस्तो पवित्र क्षेत्रमा मापदण्ड पुरा नगरी एकोहोरो नाफामात्र उद्देश्य राखी क्याम्पसहरु सञ्चालन गरेको भन्दै शिक्षामा व्यापारीकरण भएको उनीहरुको आरोप छ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य तथा पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समिति संयोजक नवराज त्रिपाठीले विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुले न्यूनतम मापदण्ड पनि पुरा नगरि सञ्चालन गरेको दाबी गरे।

लगभग ५८ ओटा पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरु लगायत यसको आंगिक कलेजले आवश्यक न्यूनतम मापदण्ड पनि पुरा नगरेको उनको आरोप छ।

समाजले विद्यार्थीको जायज मागहरु सम्बोधन गर्न क्याम्पसमा स्ववियू निर्वाचन गनुपर्ने तथा विद्यार्थीको सुविधाको लागि काठमाडौ, बुटवल, चितवन र दाङमा विश्वविद्यालयको सम्र्पक कार्यालय स्थापना गर्न समेत माग राखेका छन् र यसको लागि आन्दोलनका कार्यक्रमहरु तय गरेका छन्।

उनीहरुले अघि सारेका कार्यक्रम अन्र्तगत यही साउन २४ गते विश्वविद्यालयका सबै क्याम्पसहरुमा ज्ञापनपत्र बुझाउने, २६ गतेबाट धर्ना लगायतका बिरोध कार्यक्रम र हरेक क्याम्पस प्राङगणमा क्याम्पसको अनियमित कार्यहरुको भण्डाफोर गर्ने रहेको छ।

२०७५ साउन २३ गते १३:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर