राजपाको महाधिवेशन तयारी, पार्टीका सबै संगठनलाई सर्कुलर जारी

आजको खबर   |    प्रकाशित : २०७५ साउन २३ गते १४:५७

काठमाडौँ । राष्ट्रिय जनता पार्टी, नेपालले महाधिवेशनको तयारीमा जुटन पार्टीका सबै संगठनहरुलाई सर्कुलर जारी गरेको छ। राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार बसेको पार्टीका शिर्ष तहको बैठकले आगामी महाधिवेशनको तयारीमा जुट्न पार्टीका सबै संगठनहरुलाई सर्कुलर जारी गर्ने निर्णय गरेको हो।

महाधिवेशनको तयारी रहन पार्टीका सबै संगठनहरुलाई सर्कुलर जारी गर्ने निर्णय गरिएको नेता राजकिशोर यादवले जानकारी दिए। बैठकमा संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक प्रशिक्षणको कार्यक्रम संचालन गर्ने निर्णय पनि गरिएको छ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल पनि गरिएको थियो। राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्ने लिखित सहमति गरेपछि सरकारलाई समर्थन गरेको थियो। सोही सहमति कार्यान्वयनका लागि प्रधानमन्त्री केपी ओलीसँग बिहिबार पुनः भेट गर्ने निर्णय पनि गरिएको नेता यादवले बताए।

२०७५ साउन २३ गते १४:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर