५४ वर्षकी महिला कक्षा ४ मा भर्ना, शिक्षकहरु नै चकित (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ साउन २३ गते १५:४३

काठमाडौँ । सुन्दा अचम्म लाग्न सक्छ, पोखराकी ५४ बर्षकी गोमा पराजुली कक्षा ४ मा पढ्दैछिन। एउटा सरकारी बिद्यालयमा आफ्ना नाती–नातिनाको उमेरका केटाकेटीहरु संगै बसेर उनी दैनिक रुपमा स्कुल जाने गर्दछिन्।

५० बर्ष काटेपछी धेरै मानिसहरु धर्मकर्म तिर लाग्छन। मठ मन्दीर तिरै दैनिकी बित्ने गर्छ। तर गोमा पराजुलीको दैनिकी भने बिद्यालयमै बित्ने गरेको छ। शुरुमा उनी स्कुलमा भर्ना हुन जादाँ त्यहाँका शिक्षकहरु पनि अचम्ममा परे।

आफ्नो उमेर भन्दा झण्डै दोब्बर उमेरकी गोमा पराजुलीलाई पढाउन शुरुमा शिक्षकहरुलाई पनि अप्ठ्यारो लाग्यो। पछि बिस्तारै सहज हुदै गयो। उनै गोमा पराजुलीको दैनिकी, स्कुलको रमाइलो, उनका शिक्षकहरु संगको भनाई समेतलाई समेटेर निकै रोचक भिडियो सार्वजनिक गरीएको छ।

२०७५ साउन २३ गते १५:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर