मेयरदेखि प्रदेशमन्त्रीसम्म प्रहरीको पक्राउ सूचीमा, खुलेआम हिँड्दा पनि देख्दैन प्रहरी

आजको खबर   |    प्रकाशित : २०७५ साउन २४ गते ५:५४

काठमाडौं । मधेस आन्दोलनका क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेका छन् ।

तर, अहिले पनि उनीहरुको नाम अदालतको उपस्थित गराउने सूचीमा रहेको छ । मधेस आन्दोलनका क्रममा जलेश्वर घटनामा हत्या अभियोग लागेका फोरम र राजपाका २८ नेतालाई उच्च अदालत जनकपुरले अदालतमा उपस्थिति गराउन परमादेश जारी गरेको छ ।

२०७२ मा महोत्तरीको जलेश्वरमा एम्बुलेन्सबाट थुतेर थम्मन बिकको हत्या गरिएको थियो । विकका आफन्तले उच्च अदालत जनकपुरमा ज्यान मार्ने शीर्षकमा २८ व्यक्तिमाथि गत असारमा मुद्दा दायर गरेका थिए ।

सरकारले सो मुद्दा अहिलेसम्म फिर्ता लिएको छैन । सो घटनामा मुद्दा दायर गरिएका अभिराम शर्मा प्रदेश २ सरकारमा मन्त्री भएका छन् ।यसैगरी सो घटनामा मुद्दा दायर गरिएका कौशल यादव संघीय फोरमबाट प्रदेशसभा महोत्तरीको ४ (क) बाट सांसद छन् । शंकर शाही (रामशंकर मिश्र) जलेश्वर नगरपालिकाका मेयर हुन् ।

यसैगरी सो घटनामा मुद्दा दायर गरिएका लक्ष्मी महतोले गत प्रतिनिधिसभाको निर्वाचनमा संघीय फोरमबाट महोत्तरी १ बाट उम्मेदवारी दिएका थिए । थोरै मतले मात्र उनी पराजित भएका थिए । यसैगरी जलेश्वर घटनामा अभियोग लागेको अर्का व्यक्ति देवेन्द्र यादवले गत प्रनिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। स्वतन्त्र उम्मेदावर दिनुअघि उनी राजपामा आवद्ध थिए । जलेश्वर घटनामा प्रहरीले मुद्दा दायर गरेकामध्ये संजयकुमार साह पहिलो नम्बरमा छन्। उनी जलेश्वरका स्थानीय बासिन्दा हुन्।–नागरिक दैनिकबाट

२०७५ साउन २४ गते ५:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर