आजबाट ‘नेपाल आइडल’को दोस्रो सिजन सुरु, हेर्नुस् प्रोमो (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ साउन २४ गते ९:४९

काठमाडौँ। चर्चित रियालिटि शो ‘नेपाल आइडल’को प्रतीक्षा समाप्त भएको छ । नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि नेपाली दर्शकहरू समक्ष यसको दोश्रो संस्करण एपिवान टेलीभिजन मार्फत आज साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार राती ८ः३० देखि प्रसारण हुनेछ ।

अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहने नेपाल आइडलको प्रस्तोतामा भने रिमा विश्वकर्मासंग नयाँ अनुहार देख्न पाइने भएको छ । उक्त नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् । नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामाले पहिलो स्थान प्राप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।

‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ भन्ने नारा रहेको प्रतियोगितामा शीर्ष विजेताले २० लाख नगद, एउटा कार, एल्बम सम्झौता र वल्ड टुर प्याकेज अथवा ५० लाख नगद जित्न सक्नेछन् ।

२०७५ साउन २४ गते ९:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर