लायन्सको स्थापना दिवसमा रक्तदान कार्यक्रम

आजको खबर   |    प्रकाशित : २०७५ साउन २४ गते १०:१५

बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोडले आफ्नो ३२ औं राष्ट्रिय स्थापना दिवसको उपलक्ष्यमा एक दिने बृहत रक्तदान कार्यक्रम गरेको छ । बिहीबार बिर्तामोडको दुर्गामन्दिर परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै लायन्स क्लब अफ बिर्तामोड, लायन्स क्लब अफ अनारमनि, लायन्स क्लब अफ बिर्तामोड सिटी, लियो क्लब अफ अनारमनि र लियो क्लब अफ बिर्तामोड सिनियरको संयुक्त आयोजना नेपाल रेडक्रस समाज बिर्तामोडको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

झापामा दिन प्रतिदिन बढ्दै गएको रगत अभावलाई पुर्ति गर्न र सेवा भावले रक्तदान जिवन दानको मन्त्रलाई आत्मसात गर्ने उद्देश्यले संस्थाको स्थापना दिवसको अवसरमा कार्यक्रम राखिएको कार्यक्रम संयोजक एवम् लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष गौरीशंकर गुप्ता बताउछन् । उनका अनुसार – स्थापना दिवसको दिनदेखि हरेक १५÷१५ दिनको अन्तरमा बिर्तामोडमा सञ्चालित कलेजहरुसँग सहकार्य गरी रक्तदान कार्यक्रम गरिने बताएका छन् ।

लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष गौरीशंकर गुप्ताको अध्यक्षता र प्रदेश नं. १ का माननीय संसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, लायन्स क्लब अफ बिर्तामोड सिटीका अध्यक्ष निरज ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए, भने बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् लायन्स क्लब अफ बिर्तामोडका प्रवक्ता बलराम काकीले गरेको स्वागत कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ बिर्तामोडका सचिव पुश्कर निरौलाले गरेका थिए ।

२०७५ साउन २४ गते १०:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर