शोक प्रकट

आजको खबर   |    प्रकाशित : २०७५ साउन २४ गते ११:१०

काठमाडौँ । विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी संयोजक रवीन्द्र मिश्रका पिता मनुजबाबु मिश्रको असामयिक निधनमा शोक प्रकट गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना गरेको छ ।

पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले स्व. मनुजबाबु मिश्रको सम्झनामा एक मिनेट मौनधारणा गरी शोकप्रस्ताव पारितसमेत गरेको छ । वरिष्ठ चित्रकार एवं लेखक मिश्रको बुधबार बौद्ध महाङ्कालस्थित आफ्नै निवासमा ८२ वर्षको उमेरमा निधन भएको थियो ।

पार्टीद्वारा जारी विज्ञप्तिमा दृढ निश्चयी र स्वाभिमानी व्यक्तित्वका धनि मिश्रको निधनले नेपालको चित्रकारिता र लेखनको क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाइएको छ । स्व मिश्रकी धर्मपत्नी रमला, दुई छोरी (निर्मला आचार्य र डा मञ्जु मिश्र) र दुई छोरा (रवीन्द्र मिश्र र रोशन मिश्र) रहेका छन् ।

२०७५ साउन २४ गते ११:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर