वृद्धा, अपांग र नाबालिका बलात्कारीलाई आजीवन कारबास !

आजको खबर   |    प्रकाशित : २०७५ साउन २४ गते १२:३५

काठमाडौं। सरकारले वृद्धा, अपांग र नाबालिकालाई बलात्कार गर्नेलाई आजीवन कारबासको सजाय दिने भएको छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले वृद्धा, अपांग र नाबालिकालाई बलात्कार गर्नेलाई आजीवन कारबासको सजाय दिने गरी कानुन बनाउन लागिएको जानकारी दिइन्।

उनले महिला हत्या, हिंसा र बलात्कार गर्नेलाई कडा कार्वाही हुनेगरी विद्यमान कानुन परिमार्जन गर्ने कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएन्। बिहीबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै मन्त्री थापाले मुलुकमा बढदै गइरहेको महिला हिंसा, बालबालिकाको हत्या लगायतको घटनाप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले सचेतनामूलक कार्यक्रमलाई पनि जोड दिएको दावी गरिन्।

बैठकमा बोल्दै समितिका सदस्यहरुले मुलुकमा बढदै गईरहेको महिला हिंसा, बालबालिकाको हत्यालगायतका घटना तत्काल नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए। समितिकी सदस्य पवित्रा निरौला (खरेल) ले झापामा ४ वर्षीय बालकको समेत हत्या गरिएको भन्दै तत्काल त्यस्ता घटना नियन्त्रण गर्न सरकारसँग माग गरिन्।

समितिकी अर्का सदस्य गंगा चौधरी (सत्गौवा) ले महिला हत्या, हिंसा र बलात्कारको घटना हुन नदिन गाउँगाउँसम्म चेतनामूलक कार्यक्रम संचालन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन्। उनले महिला, बालबालिका र जेष्ठ नागरिकमाथि हुने विभेद अन्त्य गर्न समाजका सबै क्षेत्रले उतिकै चासो दिनुपर्ने आवश्यक्ता पनि औंल्याइन्।

समितिका सदस्यहरुले महिलामाथि हुने बलात्कारको घटनालाई नियन्त्रण गर्न कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिन पनि सरकारलाई सचेत गराएका थिए।

२०७५ साउन २४ गते १२:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर