उपत्यकालाई सडक बालबालिका मुक्त क्षेत्र बनाइने

आजको खबर   |    प्रकाशित : २०७५ साउन २४ गते १२:५५

काठमाडौँ । संघीय संसद् अन्तर्गतका समितिले आफ्ना क्षेत्रअन्तर्गत मन्त्रालय र निकायका कार्ययोजना बारेमा जानकारी लिन् शुरु गरेका छन्।

यस अन्तर्गत महिला तथा सामाजिक समितिले आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका चालू आवका कार्यक्रमका बारेमा जानकारी लिएको छ ।

सो समितिको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङ्गिक समानता नीति २०७५ को मस्यौदा तयार भइरहेको र बालबालिकासम्बन्धी ऐन २०४८ लाई प्रतिस्थापना गर्ने नयाँ ऐनको मस्यौदा तयार भएको जानकारी दिए।

वीरगञ्ज, रुपन्देही र चितवनमा आगामी भदौ १ गतेदेखि बालसुधार गृह स्थापना गर्न स्वीकृति दिएको, काठमाडौँ उपत्यकालाई सडक बालबालिका मुक्त क्षेत्र बनाउने अभियान जारी रहेको र बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न बालसंरक्षणका कार्यक्रम सञ्चालन भइरहेको वताए।

मन्त्री थापाले भने “महिला तथा बालबालिकामाथि हुने हिंसा तथा दुव्र्यवहारमा कमी ल्याउन सामूहिक प्रयासको आवश्यकता पर्छ।” मन्त्रालयका कानूनी, संस्थागत तथा कार्यक्रमगत सुधार गर्ने कार्य जारी रहेको उन्ले समितिको बैठकमा जानकारी दिए।

२०७५ साउन २४ गते १२:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर