आजबाट ‘नेपाल आइडल-२’ सुरु, अफिसियल गीत सार्वजनिक (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ साउन २४ गते १४:१८

काठमाडौँ। ‘नेपाल आइडल’ प्रथम संस्करणको अपार सफलता पछि नेपाली दर्शकहरू समक्ष यसको दोश्रो संस्करण एपिवान टेलीभिजन मार्फत आज साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार राती ८ः३० देखि प्रसारण हुनेछ।

अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहने नेपाल आइडलको प्रस्तोतामा भने रिमा विश्वकर्मा र आसिफ शाह हुन् ।

यसैबीच ‘नेपाल आइडल’को आधिकारिक गीत सार्वजनिक भएको छ। ‘संगीतको उडान’बोलको गीतमा स्वर निशान भट्टराई र प्रताप दासको रहेको छ भने शब्द मनोज केसीको रहेको छ। गीतमा सङ्गीत नकुल कार्कीले भरेका छन्।

२०७५ साउन २४ गते १४:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर