पौडी खेल्ने क्रममा खोलाले बगाएर युवक वेपत्ता

आजको खबर   |    प्रकाशित : २०७५ साउन २४ गते २३:४८

नुवाकोट । तादी खोलाले बगाएर दुप्चेश्वर गाउँपालिका–७ शिखरबेँसीका १८ वर्षीय राम पण्डित वेपत्ता भएका छन् ।

दुप्चेश्वर मन्दिर नजिकै तादी खोलामा बिहीबार पौडी खेल्ने क्रममा पण्डितलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

साथीसँग खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाइ बेपत्ता भएका युवा पण्डितको स्थानीय बासिन्दा, आफन्त तथा प्रहरीले खोजी गरिरहेका छन् ।रासस

२०७५ साउन २४ गते २३:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर