लुटेराको गोली लागेर धनुषामा एक घाइते, नगर र सुन लुटपाट

आजको खबर   |    प्रकाशित : २०७५ साउन २५ गते ३:४६

महेन्द्रनगर, धनुषा । मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।

लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहीबार राति डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उनलाई गोली हानेको थियो । श्रेष्ठको तीघ्रामा गोली लागेको छ । उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको छ ।

लुटेराले श्रेष्ठको घरबाट सात तोला सुन, १५ तोला चाँदी र रु एक लाखभन्दा बढी नगद लुटपाट गरेको छ । लुटपाटका क्रममा लुटेराको समूहले श्रेष्ठ परिवारका अन्य सदस्यलाई समेत कुटपिट गरेको वडा नं ८ का वडाध्यक्ष देवनारायण महतोले बताए ।

प्रहरी घटनास्थल पुग्नु अगावै लुटेरा भागेको बताइएको छ ।रासस

२०७५ साउन २५ गते ३:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर