सिपिएलमा सन्दीपको सानदार डेब्यू

आजको खबर   |    प्रकाशित : २०७५ साउन २५ गते ४:५७

काठमाडौं। क्यारेबियन प्रिमियर लिगमा नेपाली क्रिकेटर सन्दिप लामिछानेले उत्कृष्ट डेब्यू गरेका छन् । लिगमा डेब्यू खेलमा गुएना अमेजन वारियर्सविरुद्ध मैदानमा उत्रिएका सन्दिपले आफ्नो निर्धारित ४ ओभरको स्पेलमा मात्रै १२ रन दिँदै २ विकेट लिएका छन् । टि–२० मा ३ रन प्रतिओभरको इकोनोमी अत्यन्तै उत्कृष्ट हो ।

यद्यपि सन्दिपले उत्कृष्ट खेल खेले पनि उनको टिमले जीत भने हात पार्न सकेन । सन्दिपको टिम सेन्ट किट्स एण्ड नेभिस पेट्रिओट्सका लागि ब्याटिङतर्फ कप्तान क्रिस गेलबाहेक अन्य ब्याट्सम्यान चल्न नसक्दा सेन्ट किट्न १४६ रनमै समेटिएको थियो ।

१४७ रनको लक्ष्यसहित मैदानमा उत्रिएको गुएना अमेजनले १६ ओभर ३ बलमै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । सेन्ट किट्सका लागि कप्तान गेलले ६५ बलमा ८६ रनको कप्तानी पारी खेलेका थिए । गुएनाका लागि शिमरन हेटमिरले ४५ बलमा ६९ रन बनाए ।

सन्दिपले आफ्नो स्पेलमा यतिसम्म कसिलो बलिङ गरेका थिए कि उनको बलमा कुनै पनि ब्याट्सम्यानले बल बाउण्ड्री कटाउनै सकेनन् । सन्दिपले फालेका २४ बलमध्ये कुनै पनि बलमा छक्का र चौका प्रहार भएनन् । सन्दिपले फालेका २४ बलमध्ये १३ बलमा त कुनै पनि रन आएन । बाँकी ११ बलमा १ बलमा मात्र २ रन आयो । सन्दिपले कुनै वनि बल वाइड फालेनन् न त नो बल नै फाले ।

२०७५ साउन २५ गते ४:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर