फेक इन्काउन्टर हल्ला मात्र, खड्गबहादुर अपराधी हुन् : गृहमन्त्री थापा

आजको खबर   |    प्रकाशित : २०७५ साउन २५ गते ६:३२

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न सफल भएको बताएका छन् ।

चितवनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले फेक इन्काउन्टर हल्ला मात्र भएको बताए । गृह मन्त्रालयमा प्राप्त रिपोर्टअनुसार उक्त घटना मुठभेडबाट भएको भन्दै उनले भने, ‘फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ ।’

गृहमन्त्रीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ परेको बताए । ‘कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,’ उनले भने। एक प्रश्नमा मन्त्री थापाले भने, ‘म गृहमन्त्री हो, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।’ विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको पनि उनले बताए। सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिकरुपमा र प्रशासनिकरुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले बताए ।

सुन तस्करीको अनुसन्धान जारी रहेको भन्दै मन्त्री थापाले तस्कर नछुट्ने बताए । गृहमन्त्री थापाले सरकारले देशमा शान्ति सुरक्षा र अमनचैन कायम गर्न सकेको बताए ।

अपराध कम भएको र दोषी तत्काल पक्राउ गर्न सरकार सफल भएको भन्दै उनले विपद व्यवस्थापनमा सरकार लागिपरेको बताए ।

२०७५ साउन २५ गते ६:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

One thought on “फेक इन्काउन्टर हल्ला मात्र, खड्गबहादुर अपराधी हुन् : गृहमन्त्री थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर