अब १८ वर्षभन्दा कम उमेरका युवतीसँग राजीखुशीले यौनसम्बन्ध राखे पनि बलात्कार ठहर !

आजको खबर   |    प्रकाशित : २०७५ साउन २५ गते ९:४३

काठमाडौं । मुलुकमा आउँदो भदौ १ गतेबाट नयाँ मुलुकी ऐन लागू गरिँदैछ । विभिन्न अपराधमा दण्डको दायरा बढाइएको छ । यस्तै राजीखुसीमा हुने यौनसम्बन्धमा पनि उमेरहद बढाइएको छ । हालको मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका किशोरीसँग राजीखुशीले यौनसम्बन्ध राखे पनि त्यो बलात्कार वा जबरजस्तीकरणी ठहरिने प्रावधान थियो ।

अब आउँदो भदौ १ गतेबाट लागू हुने मुलुकी ऐनले भने यो व्यवस्थालाई फेरबदल गरेको छ ।

अब नयाँ व्यवस्था अनुसार १८ वर्षभन्दा कम उमेरका महिलासँग राजीखुशीले पनि यौनसम्बन्ध राख्नु बलात्कार ठहरिनेछ । यस कारण अब नयाँ व्यवस्थाअनुसार १८ वर्षमाथिका महिलासँग यौन सम्बन्ध राखेको अवस्थामा जबरजस्ती करणी नठहर्ने छ ।

भदौ १ देखि लागू नयाँ पारिवारिक कानूनले विवाह गर्न पाउने उमेर हद २० वर्ष तोकेको छ । तर, ऐनले राजीखुशीको यौनसम्बन्धलाई बलात्कार नमानिने उमेर हद १८ वर्षभन्दा माथिलाई मानेको छ ।

२०७५ साउन २५ गते ९:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर