‘नेपाल आइडल-२’का यी प्रतियोगी जसले सबैलाई हँसाए (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ साउन २५ गते ११:०४

काठमाडौँ। ‘नेपाल आइडल’को दोश्रो संस्करण एपिवान टेलीभिजनमा सुरु भएको छ ।

‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ भन्ने नारा रहेको प्रतियोगितामा शीर्ष विजेताले २० लाख नगद, एउटा कार, एल्बम सम्झौता र वल्ड टुर प्याकेज अथवा ५० लाख नगद जित्न सक्नेछन् । हिजो प्रसारित पहिलो एपिसोडमा भैरहवा अडिसन प्रसारण गरिएको थियो। भैरहवा अडिसनबाट राम्रा प्रतिभावान् गायकहरू पनि छानिए र कोही प्रतिभावान् हुँदा पनि छनोटमा पर्न सकेनन्।

पहिलो सिजन जस्तै यो सिजनमा पनि केही प्रतियोगी यस्ता थिए जसले आफ्नो ‘नराम्रो’ गायन कलाले जज र दर्शकलाई हँसाए। हिजो प्रसारित भैरहवा अडिसनमा यस्तै एक प्रतियोगी थिए चितवनका सुवास गौतम जसले आफ्नो गायकी र डान्सले सबैलाई हँसाए ।

हेर्नुस् भिडियो।

२०७५ साउन २५ गते ११:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर