घरबाट औषधी लिन निस्किएका युवक मृत अवस्थामा फेला

आजको खबर   |    प्रकाशित : २०७५ साउन २५ गते १४:१८

औषधी लिन घरबाट निस्किएका नेपालगञ्जका एक युवक मृत भेटिएका छन् । आज बिहान औषधि लिन बजार निस्केका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ का २५ वर्षीय दुर्गाप्रसाद कोरी मृत अवस्थामा भेटिएका हुन् ।

उनको शव पिप्रहवास्थित सडक किनारको नालीमा भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनको शव घोप्टो परेको अवस्थामा फेला परेको हो ।

सडक किनारको नालीमा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव भेरी अञ्चल अस्पतालमा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए । शरीरमा बहिरी चोट केही पनि नपाइएको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भई शरीरमा चोट लागेर कोरीको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ ।

२०७५ साउन २५ गते १४:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर