५ वर्षीय बालकमाथि झाँक्रीले गरे यौन दुव्र्यवहारको यस्तो हर्कत

आजको खबर   |    प्रकाशित : २०७५ साउन २६ गते १:४२

कञ्चनपुर । कञ्चनपुरमा ५ वर्षीय बालकमाथि ६६ वर्षका झाँक्रीले यौन दुव्र्यवहार गरेका छन् ।

अहिलेसम्म महिला तथा बालिकाहरु बलात्कृत भएको घटना घट्दै आएकोमा झाँक्री धामीले भने बालकको मुखमा लिंग घुसाएका हुन् । झारफुक पेशा गर्दै आएका गोपालले बिहीबार मध्यरातमा बालकको मुखमा लिंग घुसाएर ‘माउथ सेक्स’ गरेको पीडित परिवारले जनाएको छ ।

छोरो बिरामी भएपछि उनका बुबाले ती धामीलाई झारफुक गर्नका लागि बिहीबार दिउँसो घरमै बोलाएका थिए । बेलुका खाना खाएर झाँक्री बालकसँगै सुतेका थिए ।

म बालकसँग नै सुत्छु भन्दै सुतेका धामीले मध्यरातमा विजुली गएको मौका छोपेर छोरोको मुखमा लिंग घुसाएको पीडित बालकका बाबुले बताए । -नेपाल समाचारपत्र

२०७५ साउन २६ गते १:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर