बालुवाटारमै पुगेर प्रधानमन्त्रीलाई दिए डा केसीले फेरि अनसन बस्ने चेतावनी

आजको खबर   |    प्रकाशित : २०७५ साउन २६ गते १३:१२

काठमाडौँ । डाक्टर गोविन्द केसीले आफ्नो १५औँ अनसनका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुन:अनशनमा बस्ने चेतावनी दिएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा १५औँ अनशनका क्रममा भएका सम्झौता कार्यान्वयन सम्बन्धमा प्रधानमन्त्री केपी ओलीसँगको वार्तामा डाक्टर केसीले सहमति कार्यान्वयन नभए पुन:अनशन बस्नुपर्ने बताएका हुन्।

दुई घण्टासम्म चलेको वार्ताका क्रममा डाक्टर केसीले आफूसँग सरकारले गरेको सहमतिपत्र अनुमोदन गरेर संसदमा पेश गर्न आग्रह गरेका केसीका सहयोगी अभिषेकराज गिरीले बताए।

प्रधानमन्त्री ओलीले डाक्टर केसीसँग गरिएका सहमति कार्यान्वयन गर्न तयार रहेको र अर्को अनशन बस्नुपर्ने अवस्था नआउने बताए थिए। डाक्टर केसीले शिक्षण अस्पतालबाट आफ्ना ७ जना सहकर्मीसहित नेपाल यातायातको गाडी चढेर बालुवाटार पुगेको थिए।

२०७५ साउन २६ गते १३:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर