साथीलाई बोलाउन घर पुगेका थिए युवक, भाउजूको काम देखेर उड्यो होश

आजको खबर   |    प्रकाशित : २०७५ साउन २६ गते १३:४२

एजेन्सी। श्रीमान-श्रीमतीबीच दैनिक झगडा हुन्थ्यो। दुवैबीचको सम्बन्ध यति विग्रिएको थियो की अब सँगै बस्नै नसक्ने अवस्थामा पुगेका थिए। बिहीबार पनि त्यस्तै भयो। दुवैबीच झगडा भयो। पछि केही शान्त भएपछि श्रीमान आफ्नो कोठाको बेडमा सुते।

विहानै उनका साथी उनलाई काममा जानकालागि बोलाउन उनको घरमा पुग्दा बाहिर जुन दृष्य देखे साथीको होश उड्यो। उनले तत्काल सो विषयको जानकारी प्रहरीलाई गराए। त्यसपछि प्रहरी उक्त घरमा पुग्यो र महिलालाई पक्राउ गर्यो।

यो भारतको कैमुर जिल्लाको चैनपुर क्षेत्रको हो। यहाँ एक महिलाले आपसी विवादमा आफ्ना श्रीमानको घाँटी थिचेर हत्या गरेकी रहेछिन्। यो घटनाको जानकारी त्यतिबेला भयो जतिबेला गाउँका केही मानिस राजूलाई काममा जानकालागि बोलाउन गएका थिए।

घटना सार्वजनि भएपछि सो क्षेत्रमा हल्लाखल्ली भएको थियो। राजुका घरमा पुगेका उनका साथीहरुका अनुसार राजुको शव खाटमा थियो भने उनकी श्रीमती छेउमा बसेर आफ्नो कपाल कोरिरहेकी थिइन्। यो घटनाको जानकारी गाउँलेले प्रहरीलाई गराए। प्रहरी घटनास्थलमा पुग्यो र शवको पोस्टमार्टम पनि गर्यो।

प्रहरीले हत्याको आरोपमा उनकी श्रीमतीलाई पक्राउ गरेको छ। छिमेकीका अनुसार उनीहरुबीच दैनिकजसो झगडा भइरहन्थ्यो। बिहीबार विहान पनि दुवैबीच निकैबेर झगडा भएको थियो। त्यसपछि राजु घरमा सुतेका थिए। अनि श्रीमतीले सुतेकै स्थानमा उनको घाँती थिचेर हत्या गरेकी थिइन्।

२०७५ साउन २६ गते १३:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर