अलास्का एयरलाइन्सको यात्रुवाहक विमान एयरपोर्टबाटै चोरी, भाग्दाभाग्दै बीचमै दुर्घटना

आजको खबर   |    प्रकाशित : २०७५ साउन २६ गते १३:५०

एजेन्सी। कार चोरको बारेमा त सुन्नुभएको होला तर विशाल हवाइजहाज नै चोरेर भाग्न निकै कठिन देखिन्छ। तर अमेरिकाको राजधानी वाशिंगटन डिसीमै एक चोरले अलास्का एयरलाइन्सको विशाल विमान नै चोरेका छन्।

मिडिया रिपोर्टका अनुसार संदिग्ध चोर पाइलटले एक यात्रुवाहक जेट विमान होराइजन एयर क्यू४०० जहाज चोरेर अमेरिकी समयअनुसार शुक्रबार राती ८ बजे (नेपाली समय आज बिहान पौने ६ बजे) उडेका थिए।

बिना इजाजत विमान लिएर भागेका पाइलट धेरै टाढा भने जान सकेनन् । उडान भरेको केही समयमै विमान वाशिंगटन डिसीनजिकै पियर्स काउन्टी स्टेटको केट्रोन द्वीपमा दुर्घटना भएको छ। दुर्घटनाग्रस्त विमानमा कसैको मृत्यु वा घाइते भएकोबारे अहिलेसम्म कुनै खबर आएको छैन।

दुर्घटनाको कारणसमेत प्रस्ट हुन सकेको छैन। धिकारीहरुले यसलाई आतंकवादी घटना मानिरहेका छन्। पाइलटले के कारणले बिना इजाजत विमान लिएर भागेका थिए भन्ने प्रस्ट भएको छैन।

पाइलटको पहिचान खुलेको छ। पाइलट अमेरिकाको पियर्स काउन्टी स्टेटका २९ वर्षका व्यत्तिः भएको बताइएको छ । उनको नाम भने सार्वजनिक गरिएको छैन । पियस काउन्टी राज्यका प्रहरी अधिकारीका अनुसार पाइलटले आत्महत्या गर्न खोजेका हुन् । पृष्ठभूमि जाँच गरेपछि मात्र पाइलटको नाम घोषणा गर्ने बताएका छन् । अपुष्ट सामाजिक संजालको खबरअनुसार भने पाइलट एयरलाइन्सका मेकानिक थिए ।

पछिल्लो जानकारीअनुसार विमानमा पाइलटबाहेक अरु कोही थिएनन् । विमान चोरी भएपछि विमानस्थलमा केही समय सेवा अवरुद्ध भयो । फेडरल एभिएशन प्रशासनले घटनालगत्तै अलर्ट जारी गरेको थियो। विमान निकै तल उडिरहेको देखेर केट्रोन द्वीपका जनता पनि आश्चर्यमा परेका थिए । यो घटनाको भिडियो भाइरल भइरहेको छ । हेर्नुहोस् भिडियो :

२०७५ साउन २६ गते १३:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर