रातो पासपोर्ट दुरुपयोग गर्नेलाई ३ वर्ष जेल

आजको खबर   |    प्रकाशित : २०७५ साउन २६ गते १६:२४

काठमाण्डौं । सरकारले कूटनीतिक राहदानी प्रयोगमा कडाई गर्ने गरी विधेयक तयार पारेको छ । राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमा राहदानीको दुरुपयोग गर्नेलाई तीन वर्ष कैदसम्म र पाचँ लाखसम्म जरिवाना प्रस्ताव गरिएको छ ।

यसअघि पटक पटक रातो पासपोर्टको दुरुपयोग भएको थियो । राहदानी नियमावलीमा सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जाने पदाधिकारीलाई मात्रै रातो पासपोर्ट जारी गर्ने व्यवस्था छ ।

तर, सांसदहरूले व्यक्तिगत भ्रमण र काममा समेत रातो पासपोर्ट प्रयोग गर्छन । राहदानी ऐन २०२४ लाई संशोधन गर्न ल्याइएको विधेयकमा पासपोर्ट दुरुपयोग गर्ने व्यक्तिलाई दुईदेखि पाँच लाखसम्म जरिवाना वा एकदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुने प्रस्ताव गरेको छ। विधेयकको दफा १६ मा नेपाल सरकारको निर्णयबमोजिम कूटनीतिक वा विशेष राहदानीप्राप्तपदाधिकारीले सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्दा मात्र त्यस्तो राहदानी प्रयोग गर्नुपर्ने उल्लेख छ ।

कूटनीतिक वा विशेष राहदानी दुरुपयोग गर्ने व्यक्तिलाई कसुरअनुसार १ वर्षदेखि ३ वर्षसम्म कैद, लाखदेखि ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था दफा २२ मा छ । जुन उदेश्यका लागि राहदानी जारी गरिएको हो, त्यो बाहेक अन्य प्रयोग गरेमा यो व्यवस्था आर्क्षित हुने व्यवस्था राखिएको छ ।

सरकारले दिएको आदेश वा निर्देशन पालना नगरेमा, आफ्नो राहदानी अरुलाई प्रयोग गर्न दिएमा वा अर्काको नामको राहदानी प्रयोग गरेमा समेत यो ऐन आकर्षित हुने उल्लेख छ । दफा २२ मा कुटनीतिक राहदानी वा विशेष राहदानी जुन प्रयोजनका निमित्त जारी भएको हो, सोही प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने उल्लेख गरिएपनि दुरुपयोग गरे कस्तो कारबाही हुने भन्ने स्पष्ट व्यवस्था थिएन ।

२०७५ साउन २६ गते १६:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर