उपचारमा लापरबाही गर्ने डाक्टरलाई ‘जन्मकैद’

आजको खबर   |    प्रकाशित : २०७५ साउन २७ गते ३:२२

काठमाडौं । डाक्टरले उपचारमा लापरबाही गरी बिरामीको मृत्यु भएमा ‘जन्मकैद’ को सजाय हुने भएको छ ।

यसअघि लापरबाही तरिकाले स्वास्थ्य उपचार गर्दा बिरामीको मृत्यु वा अंगभंग भएमा पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो । अब उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए वा शरीर अंगभंग भए उपचारमा संलग्न चिकित्सकले जन्मकैदको सजाय भोग्नुपर्नेछ । यो व्यवस्था १ भदौबाट लागू हुँदैछ।

उपचारमा हुने लापरबाहीका घटनामाथि गम्भीर बन्दै सरकारले मुलुकी संहिता ऐनमार्फत यस्तो व्यवस्था लागू गरेको हो ।

सरकारले ल्याउन लागेको उक्त कानुनविरुद्ध चिकित्सकहरू एकढिक्का भएका छन् । नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले तत्काल ऐन सच्याउन सरकारसमक्ष आग्रह गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।

२०७५ साउन २७ गते ३:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर