अझ केही दिन मनसुन सक्रिय रहने, आज केही स्थानमा भारि वर्षाको शंभावना

आजको खबर   |    प्रकाशित : २०७५ साउन २७ गते ६:५९

काठमाडौं । आइतबार देशका केही स्थानमा भारि वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

आइतबार दिउँसो र राति पश्चिम, पूर्व र मध्येका केही स्थानहरुमा भारि वर्षा हुने शंभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य धेरैजसो स्थानहरुमा भने सामान्यदेखि पूर्ण बदली रही हल्कादेखी मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। मनसुन अझै तीन/चार दिन सक्रिय रहने भएकाले वर्षा जारी रहने मौसमविद् बताउँछन् ।

यसैबीच देशका ठूला नदीहरु कन्काई, सप्तकोशीमा आइतबारदेखि वहाब बढ्दो क्रममा रहेकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। बहाव बढे पनि खतरा तह पार गर्ने सम्भावना भने न्यून रहेको शाखाले जनाएको छ।

यसैगरी कन्काई, कमला, बागमती, पूर्व राप्ती, तिनाउ पश्चिम राप्ती, बबई, मोहना लगायतका नदीमा पनि आइतबार अपराह्नदेखि नै बहाव बढ्ने भएकाले रातिदेखि भोलिसम्म सतर्कता तह पुग्न सक्ने खतरा देखिएकाले सतर्कता आसपास पुग्ने पूर्वानुमान रहेकोले शर्तकर्ता अपनाउन महाशाखाको अनुरोध छ ।

सोमबार र मंगलबार पनि देशका धेरै स्थानहरुमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

२०७५ साउन २७ गते ६:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर