दुई मुख र चार आँखा भएको गाईको अनौठो बच्चा जन्मियो, ‘चमत्कार’ हेर्नको भीड

आजको खबर   |    प्रकाशित : २०७५ साउन २७ गते १०:३२

एजेन्सी। चीनमा गाईको अनौठो बच्चा जन्मिएपछि त्यो ‘चमत्कार’ हेर्न मानिसहरुको भीड लागेको छ । दुई मुख र चार आँखा भएको यो बाच्छोलाई हेर्न आसपासबाट मानिसहरु ठूलो संख्यामा किसानको घरमा पुगेका छन् । मानिसहरुलाई सबैभन्दा आश्चर्य त यो कुरामा लागेको छ कि बाच्छोले दुवैमुखबाट सजिलैसँग खाइरहेको छ ।

चीनको शन्शी प्रान्तको डोङगु गाउँमा यो बाच्छो जन्मिएको हो । विशेषज्ञका अनुसार आमाको गर्भमा रहँदा जेनेटिक म्युटेशनका कारण यो बाच्छो यस्तो भएको हो । किसानका अनुसार गाइँका अरु बाच्छाहरु भने स्वस्थ छन् । यो दुई मुखे बाच्छो पनि स्वस्थ छ तर उभिन भने सक्दैन । डाक्टरहरुका अनुसार यस्ता जीव धेरै बाँच्न भने सक्दैनन् ।

२०७५ साउन २७ गते १०:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर