नोबेल पुरस्कार विजेता प्रसिद्ध साहित्यकार भी.एस. नयपालको निधन

आजको खबर   |    प्रकाशित : २०७५ साउन २७ गते ११:१३

लन्डन, साउन २७, साहित्यमा नोबेल पुरस्कार विजेता बेलायती लेखक भी.एस. नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ । उत्तर–औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रुपमा उनले आफ्नो परिचय बनाएका थिए ।

भारतीय कर्मचारीका छोरा नयपालको जन्म बेलायती उपनिवेश रहेको ट्रिनीडाडमा भएको थियो । उनका विश्व चर्चित पुस्तकहरुमा “ए हाउस फर मिस्टर विश्वास” र बुकर पुरस्कार विजयी “इन अ फ्री स्टेट” रहेका छन् ।

सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार पाएका नयपालले ३० वटाभन्दा बढी पुस्तक लेखेका छन् ।

२०७५ साउन २७ गते ११:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर