जीपले ठक्कर दिँदा मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ साउन २७ गते ११:०७

पाल्पा । तानसेनको बडीज्ञानटोमा जीपले ठक्कर दिँदा बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महिनाका निशान बस्यालको मृत्यु भएको छ ।

हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग १ च ६७४८ नंको जीपको ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीपको ठक्करबाट अन्य पाँच जना घाइते तिनको युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रसनि अनुप अर्यालले जानकारी दिए । ब्रेक फेल हुँदा पाँच मोटरसाइकलमा क्षति पुगेको छ । गाडी चालक रैनादेवी छहरा–४ का कमल खत्रीलाई प्रहरीले नियन्त्रण लिएको छ । रासस

२०७५ साउन २७ गते ११:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर