यी व्यक्तिले गरेका थिए अलास्का एयरलाइन्सको विमान चोरी, भाग्दाभाग्दै गुम्यो ज्यान

आजको खबर   |    प्रकाशित : २०७५ साउन २७ गते १३:१७

एजेन्सी। अमेरिकाको सिएटल ट्याकोमा अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा भयानक दुर्घटना हुनबाट बच्यो । विमानस्थलमै दुर्घटना हुन सक्ने खतरामा रहेको विमान एक सुनसान टापुमा दुर्घटना भयो जहाँ प्लेन चोरेर उडाउने व्यक्तिको ज्यान गयो । नेपाली समयअनुसार हिजो बिहान बिमान चोरेर उडाएका रिकले दुर्घटनाअघि कन्ट्रोल रुमसँग कुरा गरेका थिए।

स्थानीय समयअनुसार शक्रिबार साँझ ८ बजे रिकले रनवेमा अलास्का एयरलाइन्सको विमान देखेपछि आत्मघाती कदम उठाउँदै विमान उडाएका थिए। त्यतिबेला कुनै पनि उडानको तालिका थिएन त्यसैले विमानमा कुनै यात्रु थिएनन् । विमान खाली देखेपछि एयरपोर्टका मेकानिक रिक त्यहाँ लुकेर गएका थिए । उनी ककपिटभित्र छिरेर विमानको इन्जिन स्टार्ट गरे । विमान उड्दै गरेको देखेपछि एयर ट्राफिक कन्ट्रोल (एटिसी)मा हल्लाखल्ला मच्चियो । जब रिकले विमान लिएर उडेको थाहा भएपछि एटिसीले तुरुन्त उनीसँग सम्पर्क गरे ।

एटिसीले रिकसँग उनको ज्यान खतरामा भएको बताउँदै आफूहरुले भनेजस्तै गरी विमान ल्याण्ड गर्न प्रयास गर्न भनेपछि रिकले भने ‘म विमान ल्याण्ड गर्न सक्छु । अब भन यदि मैले विमान सुरक्षित ल्याण्ड गराएँ भने मलाई पाइलट बनाउँछौ ?’ यही बीचमा अमेरिकी सेनामा दुई फाइटर जेट पनि रिकको पछि लागेका थिए । फाइटर जेटले रिकको विमानलाई शहरको सिमाबाट बाहिर पुर्याए । केही समयमा रिकले बुझे कि उनले विमानमाथि नियन्त्रण गुमाइसकेका छन् ।

त्यसपछि रिकले एटिसीसँग भने ‘यदि मैले रनवेमा विमान ल्याण्ड गराउने कोसिस गरें भने पनि ठूलो नोक्सान हुनेछ ।’ रिकले यो पनि भने कि यदि उनी जिउँदै बचे भने पनि पूरै जिन्दगी जेलमा बित्नेछ । यति भन्दै उनी जोडजोडले हाँस्न थाले । दुई तीन मिनेटको कुराकानीपछि उनले विमानलाई सुनसान टापुतिर मोडे । त्यहीँ विमान दुर्घटना भयो।

सिएटल ट्याकोमा अथोरिटिले आफूहरु यो आतंकवादी वा आपराधिक घटना नभएकोमा आश्वस्त भएको बताएका छन् । मेकानिक रिकलाई पाइलट बन्ने ठूलो रहर थियो । यही कारण उनले यस्तो आत्मघाती कदम उठाएका थिए । विमानमा कुनै यात्रु नभएको र विमान शहरको सीमाभन्दा बाहिर दुर्घटना भएकोले ठूलो नोक्सानी भने हुन पाएन । पाइलट बन्ने चाहनामा मेकानिकले आफ्नो ज्यान गुमाउनुपर्यो तर विमानलाई शहरबाट टाढा लगेर उनले अन्य कैयौंको ज्यान भने बचाए ।

२०७५ साउन २७ गते १३:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर