म्यानचेस्टर गोली काण्डमा १० जना घाइते

आजको खबर   |    प्रकाशित : २०७५ साउन २७ गते १५:०६

लण्डन, बेलायत । बेलायती शहर म्यानचेस्टरमा भएको गोली काण्डमा कम्तीमा १० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। स्थानीय समयअनुसार आइतबार (बिहान २ः३० बजे) मोससाइड क्षेत्रको क्लेयरमाउन्ट रोडमा चलेको गोली लागी उनीहरू घाइते भएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ।

गुप्तचर प्रहरी निरीक्षक डेवी डुलीले भन्नुभयो, “हामीले अहिले केही स्थानीयहरूलाई घाइते अवस्थामा अस्पतालमा भेटेका छौँ। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको र उनीहरूको उपचार भइरहेको छ। सबै घाइतेको अवस्था खतरामुक्त रहेको छ।”

उनले घटनालाई खतरनाक आक्रमणको सज्ञा दिँदै अधिकारीहरूले घटना कहाँ भएको र यसका दोषीहरूबारे अनुसन्धान गरिरहेको बताए। डुलीले भने, “घटनामा दोषी रहेको आशङ्कामा क्यारेवियाली व्यक्तिलाई पक्राउ गरिएको तर घटनाको केहीघण्टा पहिले उसलाई छोडिएको थियो।

त्यसैले त्यहाँ त्यस किसिमका केही मानिसहरूको समूह हुनसक्छन्।”

२०७५ साउन २७ गते १५:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर