साउनको अन्तिम सोमबार : पशुपतिमा भक्तजनको घुईँचो

आजको खबर   |    प्रकाशित : २०७५ साउन २८ गते ५:१५

काठमाडौं । आज साउनको अन्तिम सोमबार । काठमाडौंको पशुपति सहित देशभरका शिव मन्दिरहरुमा दर्शनार्थीको बिहानैदेखी घुईंचो लागेको छ ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । त्यसकारण अघिका सोमबार भन्दा पशुपतिमा आज बढी भिड लागेको छ । दर्शनार्थीको घुँइचोका कारण पशुपति आसपास गाडीको चाप छ ।

साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । यसवर्षको साउनमा चारवटा सोमबार परेका थिए ।

साउने सोमबार विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ शिवको आराधना गर्दै ब्रत बस्ने प्रचलन रहँदै आएको छ ।

तस्वीरहरु : आर्यन धिमाल/आजको खबर

२०७५ साउन २८ गते ५:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर