३ दिन देशभर मध्यम तथा भारी वर्षाको संभावना

आजको खबर   |    प्रकाशित : २०७५ साउन २८ गते ५:४७

काठमाडौं । ३ दिन देशभर मध्यम तथा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।

महाशाखाले सोमबार बिहान प्रकाशित गरेको बुलुटिन अनुसार सोमबार, मंगलबार र बुधबार देशभर मध्यम तथा भारी वर्षा हुनेछ । आज दिउँसो र राति देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ ।

दिउँसो पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक दुई स्थानमा भारि वर्षा हुने महाशाखाले महाशाखाले जनाएको छ । राति भने पश्चिम, मध्य र पूर्वका केही स्थानहरुमा भारी वर्षा हुनसक्छ ।

मंगलबार पनि वर्षाको क्रम यथावत रहनेछ । मौसमविद्का अनुसार मंगलबार दिउँसो र राति देशका केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । पश्चिमका केही भागमा भने मंगलबार भारि वर्षाको शंभावना रहेको मौसमविद् बताउँछन् ।

त्यस्तै बुधबार पनि दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ । तर महाशाखाले ती स्थानहरुबारे केही खुलाएको छैन ।

काठमाडौं उपत्यकालगायतका स्थानमा सोमबार बिहानैदेखि परेको वर्षा अहिले पनि जारी छ ।

 

२०७५ साउन २८ गते ५:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर