सधैँ जवान र आकर्षक देखिन चहानुहुन्छ ? अपनाउनुहोस् यि उपाय

आजको खबर   |    प्रकाशित : २०७५ साउन २८ गते १२:४३

सधैँ जवान रहनु हरेक मानिसको चाहाना हो । त्यसैले प्राय मानिसहरु आफ्नो छाला चाउरी पर्न थालेपछि चिन्तित हुने गर्छन् । उनीहरु छाला चाउरी पर्न नदिनको लागी विभिन्न खालका उपायहरु अपनाउने गर्छन् । छाला चाउरी पर्न नदिनको लागी हाम्रो दैनिक जीवनशैलीले पनि निकै ठुलो भूमिका खेल्ने गर्छ । यदि तपाई चांडै बुढो देखिन चाहनुहुन्न भने तपाइको लागी तल दिइएको उपायहरु लाभदायक हुनसक्छ ।

सधैँ जवान देखिन ध्यान दिनुपर्ने कुराहरु यस्ता छन् :

१. तपाईंको आँखीभौँ भद्दा र गलत सेपको छ भने त्यसलाई ट्रिम गरेर नयाँ लुक दिनुहोस् । तपाईं आफ्नो उमेरभन्दा केही कम देखिनुहुनेछ ।

२. हरेक दिन अनुहार, हात र घाँटीमा मोइस्चराइज गर्नुहोस् । त्यसले तपाईंको छालालाई ताजा र स्वस्थ देखाउँछ ।

३. निद्रा पूरा गर्नु जरुरी छ । यसो गर्दा तपाईंको शरीरले आराम र पुनर्ताजगी पाउनेछ । निद्राको कमीले मानिसलाई चाँडै बुढ्यौलीर्फ लैजान्छ । त्यसैले दैनिक ८ घन्टा सुत्नुहोस् ।

४. शरीरमा सुगरको मात्रा बढ्यो भने समस्या धेरै आउँछ । चाउरीपन बढ्ने खतरा रहन्छ । त्यसैले सुगरको मात्रा कम गर्नुहोस् । मिठाइ, सोडाजस्ता खाद्यान्न नखानुहोस् ।

५. भिटामिन सीयुक्त खानेकुरा पर्याप्त खानुहोस् । तपाईंको दैनिक खाद्यान्नमा ७५ एमजीबराबर भिटामिन सी समावेश हुनु आवश्यक छ । दुईवटा मध्यम साइजका सुन्तलामा योबराबर मात्रा पाइन्छ । तपाईंको उमेर र तौल हेरेर भिटामिन सीको प्रयोग योभन्दा बढी पनि गर्नुपर्ने हुन सक्छ । यसले चाउरीपन बढ्नबाट जोगाउँछ ।

६. दाँतलाई सधैँ सेतो राख्नुहोस् । राम्रो टुथपेस्ट प्रयोग गर्नुहोस् । चम्किलो र सेतो दाँतले तपाईंलाई हँसिलो र युवा देखाउँछ ।

७. चिया र कफीले तपाईंको दाँतमा असर गरिरहेका हुन्छन् । त्यसैले यसको सेवन कम गर्नुहोस् ।

८. तपाईंको खुट्टा र हातले पनि तपाईंको उमेरमा फरक पार्छ । त्यसैले हात–खुट्टा सधैँ सफा र टिपटप राख्नुहोस् ।

९. नियमित आँखाजाँच गर्नुहोस्, किनकि तपाईंले थाहा नपाई तपाईंको आँखाको शक्ति बिस्तारै कम हुँदै गएको हुन सक्छ ।

१०. तपाईंको छालामा खैरो दाग तथा चाया, पोतो देखिएको छ भने त्यसको प्राकृतिक उपचार सुरु गर्नुहोस् । कागतीको जुसमा हल्का पानी मिसाएर प्रयोग गर्न सक्नुहुन्छ । कागतीले ब्लिचको काम गर्नुका साथै बिस्तारै तपाईंका दागहरूलाई कम गर्दै लैजान्छ ।

११. लाइट कलरको आइस्याडो लगाउँदा तपाईंको आँखा चम्किलो देखिन्छ । यसले तपाईंलाई भर्खरको देखाउँछ । तर, चम्किलो देखाउने नाममा कडा केमिकलयुक्त आइस्याडोको प्रयोग गर्नुभयो भने चाउरीपन बढ्ने खतरा रहन्छ ।

१२. लाइट कलरका पोसाकले तपाईंलाई भर्खरको देखाउँछ । तर, कपडाको चयन गर्ने विषय तपाईंको व्यक्तिगत हो । कपडा छान्दा आफूलाई कस्तो सुहाउँछ, त्यही आधारमा छान्नुहोस् ।

१३. सुत्ने वेलामा मेकअप हटाउनुहोस् । स्वस्थ रहन र ब्लक भएका पोर्सहरू खोल्न पनि मेकअप हटाउनु जरुरी छ । दिनभरि तपाईंको छालामा जम्मा भएका प्रदूषण मेकअप नपुछेको खण्डमा जस्ताको तस्तै रहन्छन् र तपाईंको छालालाई ड्यामेज गर्छन् ।

१४. जवान देखिने अर्को उपाय हो, प्राकृतिक उत्पादनहरूको प्रयोग । ओलिभ, नरिवल, स्विट आल्मन्डलगायत तेलले राम्रो मोइस्चराइजर, क्लिन्सर र अलराउन्ड ब्युटीको काम गर्छन् ।

२०७५ साउन २८ गते १२:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर