‘नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिदमा छानविन सुरु’

आजको खबर   |    प्रकाशित : २०७५ साउन २८ गते १२:३७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिदको सम्बन्धमा सुक्ष्म ढंगले छानबिन शुरु गरेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा सभामुखसँग समय लिएर मन्त्री अधिकारीले जहाज खरिदका क्रममा विगतमा भएको प्रक्रियाबारे अध्ययन अनुसन्धान भइरहेको र दोषी पाइए कारवाही हुने बताए।

मन्त्री अधिकारीले जहाज आउनु ज्यादै राम्रो भएको र केही गल्ती भएको भए सरकार र सदनले नछाड्ने स्पष्ट पारे । अधिकारीले अटोमेसन प्रणालीमार्फत इटिकटिङको व्यवस्था गरिएपछि टिकट बेचबिखनमा केही अनियमितता नहुने बताए ।

मन्त्री अधिकारीले पर्वतारोहणमा जाने पर्यटकको फर्जी उद्धारका सम्बन्धमा समेत सरकारले छानबिन गरिरहेको र दोषीमाथि कारवाही गर्ने बताउनुभयो । आठवटा ट्राभल ट्रेकिङ् उद्धार कम्पनी, चारवटा अस्पतालहरू, तीनवटा हेलिकप्टर कम्पनीलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको उनको भनाई छ।

मन्त्री अधिकारीले उद्धारमा संलग्नहरुको बारेमा नक्कली कागजात तयार पारी बीमा दावी गर्ने सम्बन्धमा छानविन गरी कारवाही गर्न गृह मन्त्रालयमा पत्राचार गरिएको पनि जानकारी दिए । आगामी दिनमा यस्तो कार्यलाई निरुत्साहित गर्न भदौ १५ भित्र निर्देशिका तयार पारिने उनको भनाई छ ।

२०७५ साउन २८ गते १२:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर