यस्तो महँगीमा पनि काठमाडौँमै पाइन्छ २५ रुपैयाँ प्लेट म:म:

आजको खबर   |    प्रकाशित : २०७५ साउन २८ गते १३:०४

काठमाडौँ। विश्व सम्पदा सूचीमा समावेश गरिएको बसन्तपुरमा स्वदेशी तथा विदेशी पर्यटकको अत्यन्तै भिड हुन्छ। सयौँको सङ्ख्यामा ‘बसन्तपुर दरबार’ अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई त्यहाँ खानबस्नको लागि पनि राम्रो व्यवस्था छ। हुनेखानेले त महँगा खानेकुरा खान सक्छन् तर नहुने अति विपन्नका लागि भने बसन्तपुरमा यस्तो ठाउँ छ जहाँ एकदम सस्तोमा मम पाइन्छ

बसन्तपुरमा एक यस्तो परिवार छन् जो मिहिनेती छन्, कर्मठ छन्, कुनै लोभ, मोह, कसैसँग रिस राग छैन, बस उनीहरूको मनमा आत्मसन्तुष्टि छ। हिबालामी नानी नाम गरेकी आमाको माइती घर दोलखा हो भने उनको श्रीमानको घर चितलाङ्ग हो। उनी काठमाडौँमा आउनासाथ उनको दाजुसँग बस्थिन् यस्तैमा उनको विवाह भयो। उनको श्रीमान मम बेच्थे। विवाह पछि उनी पनि श्रीमान सँगसँगै मम बेच्न थालिन्।

शुरुमा उनका श्रीमानले ३ रुपैयाँमा मम बेचेका थिए भन्दै उनले लामो स्वास तान्दै भनिन् ,’ हामीले यो व्यवसाय गर्न थालेको करिव भैसक्यो। शुरुमा त हामीले बसन्तपुरको राखेका थियौ। त्यसपछि त्यहाँ नगरपालिकाले निषेध गर्यो अनि यता दोकानमा नै राखेको। पहिला त अझ मैले २० रुपैयाँमा बेचेको थिए। अहिले सबै चिज महँगो छ भनेर २५ रुपैयाँमा बेच्छौ।’

उनका श्रीमान पहिला भारी बोक्ने काम गर्थे। धेरै समय अरुको भारी बोक्ने काम गरे पश्चात उनको खुट्टामा समस्या आयो। उनको एउटा खुट्टामा स्टिल छ। त्यसपछि उनले भारी बोक्ने काम गर्न सकेनन्। उनलाई अझै स्मरण छ १० रुपैयाँमा भाडा माझ्ने काम गरेको। काम सिलसिलामा नै उनको एक हातको एउटा आउला पनि काटिएको हुनाले उनलाई काम गर्न असहज हुन्छ।

तर पनि उनी आराम लिएर भने बसेका छैनन्। बसिराख्नु भन्दा केही व्यवसाय गर्यो भने शरीर पनि फुर्तिलो हुन्छ। कसैसँग हात पनि फैलाउनु पर्दैन भन्ने उनको सोच छ। अहिले उनको परिवार नै यही मम बेच्ने पसलमा व्यस्त हुन्छन्। बिहानै मम बनाउने समान ल्याएर २ बजे सम्म ठिक्क पार्छन् अनि २:३० मा पसल खोल्छन् यी दम्पतीले।

सस्तोमा बेचे पनि आफूलाई घाटा नभएको र जिविकोपार्जन गर्न पुगेको यी दम्पतीको भनाई रहको छ। उनीहरु भन्छन् ,’सबैभन्दा ठुलो कुरा सेवा हो। पैसा नहुनेलाई पच्चीस रुपैयाँ भनेको नि ठुलो हुन्छ। सस्तोमा खान पाउँदा उनीहरूको आत्मा खुसी हुन्छ। त्यसमै हामीलाई पनि सन्तुष्टि हुन्छ। ‘

२०७५ साउन २८ गते १३:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर