आज दोहोरो अङ्कले उकालो लाग्यो शेयर बजार

आजको खबर   |    प्रकाशित : २०७५ साउन २८ गते १३:१९

काठमाडौँ । लगातार घट्दै आएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४३ विन्दुले उकालो लागेर एक हजार १७४.३७ विन्दुमा पुगेको छ।

यस्तै क वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२४ विन्दुले बढेर २४७.९४ बिन्दुमा पुगेको छ। आज कूल १५७ कम्पनीको पाँच लाख ३३ हजार ४९२ कित्ता शेयर रु १६ करोड ९६ लाख ६१ हजार ४३१ मा खरिद बिक्री भएको छ।

आज होटल उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर भने बढेको छ। होटल समूह २.५ विन्दुले घट्दा बैंकिङ ७.५४, विकास बैंक १६.२२, जलविद्युत् ३.९८, वित्त २.३६, निर्जीवन बीमा ७५.५५, उत्पादन ४.५७, अन्य ६.९७, माइक्रोफाइनान्स १५.०२ र जीवन बीमा ११०.८५ विन्दुले बढेको छ।

आज आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्।

२०७५ साउन २८ गते १३:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर