बिहे भएको महिना दिन नपुग्दै श्रीमतीको घाँटी थिचेर हत्या

आजको खबर   |    प्रकाशित : २०७५ साउन २८ गते १३:४८

काठमाण्डौ । बाराका एक युवाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बाराको देवताल गाउँपालिका वडा नम्बर–६ रौवाही टोलका अनिल प्रजापतिले विवाह भएको तीन महिना नबित्दै आफ्नो श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । उनले आफ्नै २० वर्षीया श्रीमती ममतादेवी प्रजापतिको हत्या गरेका हुन् ।

प्रहरी हिरासतमा रहेका अनिलले पत्नीको हत्या गरेको स्वीकार गरिसकेका छन् । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा अनिलले राति पत्नीसँग सामान्वय विवाद हुँदा आवेशमा आएर घाँटी थिची हत्या गरेको स्वीकार गरेका हुन् ।

आफनै घरमा सुतिरहेको अवस्थामा आइतवार राति करिब ११ बजेतिर पति–पत्नीबीच समान्य विवाद भएको परिवारका सदस्यले जानकारी दिएका छन् । सामान्य विवाद हुँदा उनले श्रीमतीको घाटि थिचेर हत्या गरेका हुन् । उनलाई आइतबार रातीनै उनको घरबाट प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।

२०७५ साउन २८ गते १३:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर