भक्तपुरको हनुमन्ते खोलामा मान्छेको शव फेला

आजको खबर   |    प्रकाशित : २०७५ साउन २८ गते १५:१०

भक्तपुर । हनुमन्ते खोलामा आएको बाढीले बगाएर भक्तपुरको मध्यपुर थिमिमा एक जनाको ज्यान गएको छ।

अविरल वर्षासँगै हनुमन्ते खोलामा आएको बाढीले बगाएर बनेपा नगरपालिका–१४ घरभई भक्तपुर–१० कमलविनायक भत्केको पाटी बस्ने ४२ वर्षीय शंकर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तामाङको शव मध्यपुर थिमि–४ चाणक्य कलेज पछाडीको हनुमन्ते खोलामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। मृतकको शव पोष्टमार्टमको लागि भक्तपुर अस्पतालमा पठाइएको छ।

२०७५ साउन २८ गते १५:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर