एउटै आलुको मूल्य १२ करोड रुपैयाँ !

आजको खबर   |    प्रकाशित : २०७५ साउन २८ गते १६:०७

एजेन्सी । एउटै आलुको मूल्य करोडौं रुपैयाँ पर्छ भन्दा तपाईंलाई हदै हावादारी कुरा लाग्ला तर, यो सत्य हो ।

खबरक़ा अनुसार केबिन एबोस नामका सेलिब्रेटी फोटोग्राफरले आइरिस आलुको फोटो झन्डै १२ करोड रुपैयाँमा फोटोग्राफरले अज्ञात युरोपेली व्यवसायीलाई बेचेको दाबी गरेका छन् ।

खबरमा उल्लेख भएअनुसार यो तस्बिर सन् २०१० मा खिचिएको थियो । यसको सर्वाधिकार सटिबन सपिलबर्ग, माइलक पेलिन, फेसबुकको सेरिल स्यान्डवर्ग तथा मलाला यसुफजईमा पनि निहीत रहेको छ ।

यो आलुको प्रिन्टको तीन कपि छ । जसमा एक कपि फोटोग्राफरको निजी संग्रहहालयमा राखिएको छ भने अर्को कपी सर्भियाको एक संग्रहालयमा राखिएको छ । बाँकी तेस्रो कपी भने अज्ञात व्यवसायीलाई बिक्री गरेको भनिएको छ ।

अब प्रश्न उठ्छ कि, कोही कसैले किन एउटा आलुको तस्बिरलाई यति महँगो मूल्यमा किन्यो होला ? तर, एबोसले भने अन्य व्यक्तिले यसअघि पनि आफ्नो घरबाट यस्ता कलाकृति किन्दै आएको बताएका छन् ।

त्यत्ति मात्रै हैन, एबोसले त आफ्नो कलाकृतिसँग आफूले सँगै बसेर मदिरासमेत पिएको दाबी गरेका छन् । मदिरा पिउनेक्रममा ती व्यक्तिले आफ्नो पेन्टिङ मन पराएर मोल लगाएको उनको दाबी छ ।

२०७५ साउन २८ गते १६:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर