घातक बन्दै प्राकृतिक विपत्ति : चार महिनामा ५२९ को मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते ०:५३

काठमाडौं । पछिल्ला चार महिनामा प्राकृतिक विपद्का कारण मात्रै ५ सय २९ जनाको ज्यान गएको छ । झन्डै दुई अर्ब रुपैयाँबराबरको धनमालको क्षति भएको आजको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।

भारी वर्षा, बाढी, पहिरोका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । चार महिनामा यी तीन कारणले ज्यान जानेको संख्या ३०० छ । १ अर्ब ९९ करोड १ लाख मूल्यबराबरको धनमालको क्षति भएको छ ।

‘नेपालमा प्राकृतिक विपत्तिका घटना खासगरी १५ जेठदेखि १५ भदौसम्म तीन महिना बढी हुने गरेको देखिन्छ । मनसुनको अवधि भएकाले बाढी र पहिरो बढी जान्छ । नदी तथा खोलाको बहाव पनि यही वेला बढ्छ । यो अवस्थामा प्राकृतिक विपत्ति निम्तिन्छ र दुःखद् घटना हुन पुग्छन्,’ प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले भने ।

२०७५ साउन २९ गते ०:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर