किङ कोब्राको पनि ‘डीएनए’

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते २:५८

काठमाडौं । सर्पको राजा ‘किङ कोब्रा’ (राजगोमन)को आणुवांशिक गुण (डीएनए) परीक्षण शुरु गरिएको छ ।

वंशाणुगत अवस्थिति, त्यसमा भइरहेको र हुन सक्ने सम्भावित परिवर्तन पत्ता लगाउन डीएनए परीक्षण शुरु गरिएको हो । आजको नेपाल समाचारपत्र दैनिकमा यो खबर छापिएको छ ।

फरक भूगोलमा हुर्के बढेका कोब्राका समानता/भिन्नता बुझ्न र अन्य वस्तुस्थिति पत्ता लगाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्वीकृतिमा ‘स्नेक कन्जरभेसन सोसाइटी नेपाल’ले चासो बढाएको हो । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा कोब्राको डीएनए परीक्षण गरिएको हो । यस्तो अध्ययन मुलुकमै पहिलो भएको दाबी गरिएको छ ।

त्यहाँको प्रारम्भिक अध्ययन/अनुसन्धानले नेपालको तराई र मध्य पहाडी भेगका किङ कोब्राको जिनमा समानता पाइएको छ ।

२०७५ साउन २९ गते २:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर