बन्दको अवज्ञा गरेको भन्दै स्कुल बसमा आगजनी

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते ४:०२

काठमाडौँ । बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा स्कुल बसमा आगजनी गरेका छन्।

उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित टिस्टुङमा बिहान ६ बजेतिर बसमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आगजनीका कारण बसमा पूर्ण रुपमा क्षति पुगेको छ भने मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ। भन्सार छुटाएर काठमाडौं ल्याउन लागिएको स्कुल बसमा विप्लवका कार्यकर्ताले आगलागी गरेका हुन्।

२०७५ साउन २९ गते ४:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर