घुमाउनेमा ढुंगा खस्दा दुई जना घाइते

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते ५:१७

चितवन । नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा गएराति गुडिरहेको कारमाथि ढुंगा खस्दा २ जना घाईते भएका छन् ।

बा १४ च ६०७६ नम्बरको कारमा सोमबार राति १० बजे भिरबाट खसेको ढुंगाले लागेर कारमा सवार दुईजना घाइते भएका हुन् ।

घाइते हुनेमा कारका चालक चितवन इच्छाकामना गाउँपालिका–५ का सुरेश पुन र तनहुँ बन्दिपुर गाउँपालिका–१ की सन्तोषी गुरुङ रहेका छन् । गुडिरहेको कारमाथिबाट ढुंगा खसेको थियो ।

कारमा पाँच जना सवार थिए । जसमा अगाडी बसेका दुई जना घाईते भएका हुन् ।

२०७५ साउन २९ गते ५:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर