पहिरोले महाकाली राजमार्ग अवरुद्ध

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते ६:१४

बैतडी । लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

बाटो अवरुद्ध भएपछि गोकुलेश्वर–दार्चुला सडक खण्डमा दुई दिनदेखि आवागमन बन्द भएको छ ।

मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडक माथिबाट पहिरो खसेको छ । बैतडीको पाटनबाट डोजर लगेर अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए। ‘पहिरो लगातार खसिरहेको छ,’ उनले भने, ‘पहिरो पन्छाउन दार्चुलाबाट अर्को डोजर मगाएका छौँ ।’

राजमार्ग अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् । दार्चुलाबाट काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, बैतडी तथा काठमाडौँ, महेन्द्रनगर, धनगढी, बैतडीबाट दार्चुलाका लागि छुटेका सवारी साधन दुई दिनदेखि बीच बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । रासस

२०७५ साउन २९ गते ६:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर