प्रदेश ७ को प्रदेशसभा बैठक स्थगित

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते १०:४४

धनगढी । प्रदेश नं ७ प्रदेशसभाको मंगलबारको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रदेश नं ७ प्रदेशको कर तथा गैरकरका राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको छलफल गर्ने र मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक २०७५ टेबुल गर्ने कार्यसूची थियो ।

बैठक स्थगन हुनुपर्ने कारण भने बुझ्न नसकिएको सचिवालयका सचिव बालाराम शर्माले बताए । प्रदेशसभाको अर्को बैठक आगामी भदौ ६ गते दिउँसो १ बजेका लागि तोकिएको छ । –रासस

२०७५ साउन २९ गते १०:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर