अर्जुनधारामा पोखरीका माछा मरे

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते ११:०३

अर्जुनधारा । पूर्वकै पशुपतिपनाथ मन्दिरको रुपमा परिचित अर्जुनधारा नगरपालिकाको अर्जुनधारा जलेश्वरधाम परिषरमा रहेको पोखरीका माछा मरेका छन् ।

जल चढाउन आउने भक्तजनहरुले ल्याएका सामानहरु पोखरीमा हालेपछि फुटपोइजन भई माछाको मृत्यु भएको अनुमान गरिएको छ । यस विषयमा धाम समितिसँग सम्पर्क गर्दा भक्तजनहरुलाई पोखरीमा चढाउन ल्याएको सामाग्री पोखरीमा हालिएका कारण फुटपोइजन भएर माछा मरेको धाम समितिले जनाएको छ ।

‘साउन महिनामा दूध, दहि लगायत अन्य सामग्री अत्याधिक चढाइने हुँदा फुटपोइजन भई माछाहरु मरेको हामीले अनुमान गरेका छौं’ महासचिव विष्णु पोखरेल भन्छन्, ‘पोखरीमा साना ठूला धेरै प्रकारका माछाहरु छन्, सानाभन्दा ठूला माछाहरुलाई बढी असर परेको छ ।’ महासचिव पोखरेलका अनुसार पाईपलाइन लिकेच भएका कारण पनि माछामा फुटपोइजन देखिएको हुन सक्छ ।

धाम समितिका सदस्य शेखर प्रधानले चढाउन ल्याएको फलफुल, दूध, दहि पोखरीमा नहाल्न भनी धाम समितिले अनुरोध गरे पनि पोखरीमा फालिदिएको कारण माछामा फुट पोइजन भएको बताए । प्रधानका अनुसार सोडा र पड्किरीबाट पोखरीको पानी सफा गरिदै आएको आएको छ ।

धाम अध्यक्ष नवीन गट्टानीका अनुसार यस्तो समस्या पहिला पनि आएतापनि यति धेरै माछामा नमरेको बताए । उनले अब यस्ता आउन नदिन पोखरीमा फूलपाति तिल, जौ लगायतका सामान नपस्नेगरी तारजाली लगाउने बताए । उनले आउँदा दिनमा यस्तो समस्या दोहोरिन नदिन माछाको संरक्षण गर्दै जाने बताए ।

पोखरीमा नैनी, नदियारी, मागुर, रहुँलगायत विभिन्न प्रजातिका माछा रहेका छन् । भक्तजनले चढाएका सामग्री विषाक्त भई माछा मरेको हुनसक्ने अध्यक्ष गट्टानीको भनाइ छ । मरेको माछालाई खाल्डो खनेर पुरिने छ । पोखरी चार फिट गहिरो छ । महाभारतकालीन इतिहास बोकेको पोखरी अर्जुनले बाण हानी पानी निकालेर गाईलाई खुवाएको किंबदन्ती छ । सो पोखरीको बीचमा गाईलाई पानी खुवाइरहेको अर्जुनको मूर्ति छ ।

२०७५ साउन २९ गते ११:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर