मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते ११:४२

काठमाडौं । हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर भारतीय नागरिकको ज्यान गएको छ।
मृत्यु हुनेमा भारतीय नागरिक नगेन्द्रकुमार कार्तिक मेहता रहेका छन् । मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट हिल्साको हेलिप्याड जाने क्रममा मनाङ एयरको हेलिकप्टरको पंखाले काट्दा मेहताको ज्यान गएको हो ।

हेलिकोप्टरको पछाडीको भागमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप विवरण भने आँउन बाँकी छ ।

२०७५ साउन २९ गते ११:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर