गोरो हुन खानुहोस् यी कालो खानेकुरा !

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते १२:३६

एजेन्सी । केही काला रङका खानेकुरा यस्ता हुन्छन्, जुन हाम्रो शरीरको लागि एकदमै फाइदाजनक हुन्छन् । डाइटिसियनका अनुसार यस्ता खानेकुरा खानाले हाम्रो छालाको रङ पनि गोरो हुन जान्छ ।

कालो चना – यसमा एन्टिअक्सिडेन्ट हुनुका साथै फाइबरको मात्रा धेरै हुन्छ । जसले छालाको रङलाई गोरो बनाउनुका साथै पाचन प्रक्रियामा सहयोग पुर्याउँछ ।

कालो नुन – कालो नुनमा आइरन तथा क्याल्सियम पाइन्छ । जसको प्रयोग गर्नाले रक्तल्पता कम गरी हड्डी बलियो बनाउँछ ।

कालो तिल – यसमा पोटासियम र फाइवर पाइन्छ । कालो तिलको नियमित प्रयोगले मुटुरोगी र पाचन प्रक्रियामा फाइदा पुर्याउँछ ।

ब्ल्याक कफी – यसमा शरीरभित्र रहेको विकार हटाउने तत्व पाइन्छ । जसले किड्नीको समस्याबाट बचाई अनुहारमा चमक ल्याउदछ ।

कालो अंगुर यसमा कार्बोहाईड्रेड प्रशस्त मात्रामा पाइन्छ । कालो अंगुर खानाले थकान कम गर्छ र मांशपेशी मजबुत पार्नमा मद्दत गर्दछ ।

डार्क चकलेट – डेरी मिल्क, किटक्याट लगायतका डार्क चकलेट खानाले हाम्रो शरीरलाई फाइदा पुर्याउँछ । डार्क चकलेटमा फ्लेवोनाइट्स तत्व अत्याधिक मात्रामा पाइने भएकोले मुटुरोग लाग्नबाट बचाउछ । साथै व्यक्तिको ‘मुड’लाई ताजा राखिराख्नमा मद्दत पुर्याउँछ ।

कालो मरिच यसमा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले तौल घटाउनमा सहयोग गर्दछ भने हड्डी बलियो बनाउछ ।

कालो चिया कालो चियामा अमिनो एसिड र एन्टिएक्सीडेन्ट हुन्छ । यसको नियमित सेवनले व्यक्तिको तनाबलाई कम गर्दछ र अनुहारको रङ बदलिदिन्छ ।

२०७५ साउन २९ गते १२:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर