नेपालमा तीन वर्षभित्र ४ हजार किलो सुन तस्करी

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते १२:३३

काठमाडौँ। नेपालमा पछिल्लो तीन वर्षयता मात्रै करिब ४ हजार किलो सुन तस्करी भएको खुलासा भएको छ।

गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन नेपालका तस्करी भएको जानकारी दिएका हुन्। उनले मंगलबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सुन तस्करीमा संलग्न समूहलाई पनि कार्वाहीको दायरामा ल्याइएको पनि खुलासा गरे।

गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ भने दुवही रहेको पनि छानविनबाट पत्ता लगाइएको पनि बताए। ३३ किलो सुन तस्करीका लागि गठित छानवीन समितिले सुन तस्करीमा संलग्न ठूलै माछालाई पनि छानवीनको दायरामा ल्याएको गृहमन्त्री थापाको दावी छ। गृहमन्त्री थापाले सुन तस्करीको संजाल ध्वस्त पार्न सरकार सफल भएको दावी पनि गरे।

गृहमन्त्री थापाले सरकारले संघीयता अनुसार प्रहरीको संरचनाको कामलाई पनि अघि बढाइएको जानकारी दिए। उनले प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्ने कामको सुरुवात आफूले गरेको दावी पनि गरे।

विगतमा प्रहरीको सरुवा, बढुवामा राजनीति हुने गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले अब त्यसो हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे। गृहमन्त्री थापाले सडकलगायतका पूर्वाधार निर्माणको काममा ढिलाई गर्ने ठेकेदारहरुलाई कार्वाही गर्ने कामलाई पनि सरकारले निरन्तरता दिईरहेको पनि बताए।

२०७५ साउन २९ गते १२:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर