घरमा रोप्नुहोस् यी बिरुवा ! लामखुट्टेबाट मुक्ति पाउनुहोस्

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते १३:०१

एजेन्सी, वातावरणमा प्रदूषण बढ्दै जाँदा स्वास्थ्यमा पनि उत्तिकै समस्या बढ्दो छ । घरवरिपरि रुखाबिरुवा लगाएमा राम्रो हुन्छ । र, स्वच्छ हावा पाइन्छ ।

बर्खायाम सुरु भएसगै हाम्रो घर वरपर लामखुट्टेले निकै समस्या परेको हुन सक्छ । साँझा पर्ने बितिक्कै टोक्न सुरु गरिहाल्छ । अझ नेपालको तराई भेगमा त यसको आतंक अति नै हुन्छ ।

केही बोटबिरुवा घरमा लगाउँदा वरपरको हावालाई सफा राख्छ र प्रदूषणको नकारात्मक असर कम हुन्छ ।

१. तुलसी

यो बिरुवाले दिन–रात अक्सिजन दिन्छ भने प्रदूषण नियन्त्रण गर्छ । ब्याक्टेरियलाई मार्छ र नकारात्मक शक्तिलाई पनि नष्ट पार्छ ।

२. घ्युकुमारी

यसले हावालाई सफा राख्नुका साथै यसमा केही भिटामिन, मिनरल्स, अमिनो एसिड्स र फाइबर पनि हुन्छन् । जलेको ठाउँमा, कपाल र छालामा यसको लेप लगाउँदा फाइदा हुन्छ ।

३. सयपत्री

यस फूलले हावामा रहेको प्रदूषण कम गर्छ । यसको फूल र पात एन्टिबायोटिक गुणले भरिएको हुन्छ, जसबाट लामखुट्टेबाट टाढा राख्छ । पातको उमालेको रसले मुख कुल्ला गरेमा दाँत दुखाइबाट आराम मिल्छ ।

४. चमेली

यसले पनि हावालाई प्रदूषणरहित बनाउन मद्दत गर्छ । छालासम्बन्धी रोग र टाउको दुखाइमा यसको फूलको लेप लगाउनाले राहत मिल्छ ।

५. अनार

यस रुखले पनि प्रदूषण कम गर्नमा भरपुर सहयोग गर्छ । यसले रगत बढाउँछ, छालालाई स्वास्थ्य राख्छ र मोटोपन कम गर्छ ।

२०७५ साउन २९ गते १३:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर