अफगानिस्तानमा अमेरिकी सैनिक मारिए

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते १२:५७

एजेन्सी ।अफगानिस्तानको हेलमन्ड प्रान्तमा भएको बम विस्फोटमा परी एक अमेरिकी सैनिकको मृत्यु भएको छ।

अमेरिकी सैन्य बलका ३६ बर्षीय एक कर्मचारीको आइतबार भएको विस्फोटमा परी मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जनाएको छ। अमेरिकी सेनाले यस विषयमा अनुसन्धान जारी रहेको बताएको छ।

तालिबान विरुद्धको लडाईमा अफगान सुरक्षाफौज अग्र मोर्चामा रहे पनि अमेरिकी सेनाले अफगान सैनिकलाई सल्लाह र तालिम दिइरहेको छ।

२०७५ साउन २९ गते १२:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर